जापानबाट नेपालमा सामान ओसार्नका लागी

जापानबाट नेपालमा सामान लानका लागी

जापान लगेज एक्सप्रेस सन् १९९५ मा स्थापित अन्तर्राष्ट्रिय शिपिंग र सामान ढुवानी गर्ने कम्पनी हो र स्थापना कालदेखी हामीले जापानमा कार्यरत विदेशी तथा गैह्र आवासियहरुका व्यक्तिगत सामग्रीहरु तिनका आफ्ना देशहरुमा उचित मूल्यमा ढुवानी गरिदिने सेवा प्रदान गर्दै आएका छौं । यदी तपाई जापानबाट नेपाल फर्कदै हुनुहुन्छ र तपाईलाई आफ्ना सामान सुपथ मूल्यमा ढुवानी गर्नुछ वा अरु सामान जापानबाट नेपाल ढुवानी गर्नुछ भने, हामी तपाईलाई सहयोग गर्न सक्छौं । हामी जापानबाट नेपालमा व्यक्तिगत सामान तथा व्यवसायिक कार्गो ओसारपसार गर्न सक्षम छौं ।

हवाईजहाज मार्फत् सामान ढुवानीको मूल्य

हवाई मूल्य

काठमाण्डौं विमानस्थल९५० येन प्रति किलोग्राम

- न्युनतम तौल ४५ के.जी. हुनेछ । ४५ के.जी. भन्दा कम सामाग्री ४५ के.जी. सरह कै मूल्यमा ढुवानी गरिनेछ ।

- ढुवानीको मूल्य सामानको *जम्मा* तौलका आधारमा निर्धारण गरिनेछ । प्याकेटको संख्या संग कुनै सम्बन्ध रहने छैन ।

- तोकिएको मूल्य आगमन हुने विमानस्थल सम्मको सामान ढुवानीका लागी मात्र हुनेछ । अध्यागमन तथा भन्सारमा लाग्ने अन्य कर-रकम, जस्तै: एयरलाईन ह्यान्डल फी, भन्सार कर, टर्मिनल सर्भिस एवं ढुवानी खर्च यसमा समावेश गरिएको छैन ।

याद गर्नुहोस् कि संसारको जुनसुकै स्थानमा साना र थोरै सामान ढुवानी गर्नका लागी हवाई ढुवानीको मूल्य सबै भन्दा कम हुन्छ ।

सम्पूर्ण दर रेट पूर्व सूचना बिना परिवर्तन हुन सक्नेछ ।

- इन्धन तथा सुरक्षाका लागी अतिरिक्त मूल्य थपिन सक्नेछ ।

जे.एल.ई. ह्यान्डलिंग चार्ज

भन्सार छुटाउने दर: ५,९०० येन प्रति शिपमेन्ट

*शिपमेन्ट भन्नाले एक पटकमा पठाईएका सम्पूर्ण सामग्री बुझिन्छ ।

संकलन मूल्य

टोकियो (२३ वडा) र चिबाका केही क्षेत्र: नि:शुल्क
टोकियो भन्दा बाहिर: अतिरिक्त मूल्य, ५० देखि २५० येन प्रति के.जी. । हामी जापानका कुनै पनि स्थानबाट सामान संकलन गर्न सक्छौं ।

रेटको उदाहरण:

५० के.जी. काठमाण्डौं एयरपोर्ट सम्म ढुवानी गर्न: ९५० येन  ५० के.जी. ‌+ ५,९०० येन   = ५३,०००येन

भण्डारण

१०० येन प्रति के.जी. प्रति हप्ता (सामान संकलन पूर्व रिजरभेसन आवश्यक)

बिमा

सामुद्रिक र हवाई बिमा हाम्रो कम्पनी मार्फत् उपलव्ध छन् । प्रिमियम तपाईको सामान सूचीमा उल्लेखित विवरणको कूल मूल्यको १.५ प्रतिशत हुनेछ । उदाहरणका लागी: यदी तपाईले ३००,००० येन बराबरको कूल मूल्य तोक्नुभएको खण्डमा बिमा प्रिमियम ४,५०० येन हुन आउँछ

परिमाणात्मक तौलका बारेमा (आयातनको तौल)

IATA (International Air Transport Association) द्वारा प्रस्तावित परिमाणात्मक तौलका आधारमा यदि ओसारिन लागेको सामान एक निश्चित तौल परिमाणात्मक तौल घनत्व भन्दा कम भएमा परिमाणात्मक तौल लागू हुनेछ । हवाई ढुवानी गरिने सामानको ढुवानी मूल्य वास्तविक कूल तौल वा परिमाणात्मक तौल भन्दा बढी हुनेछ । परिमाणात्मक तौल: उचाई (सेमी)  लम्बाई (सेमी)  गहिराई (सेमी)  ६,००० ।
उदाहरणला लागि, ४०६०५० सेमी को परिमाणात्मक तौल २० हुन आउँछ । यदी यो बाकसको कूल परिमाण २५ केजी भएमा ढुवानी मूल्य २५ केजी बराबरको हुनेछ, (२० भन्दा २५ केजी बढी हुन्छ), तर यदी बाकसको तौल १ केजी मात्र भए ढुवानी मूल्य २० केजी बराबरको हुनेछ (१ भन्दा २० बढी हुन्छ) ।
परिमाणात्मक तौल मूख्यतय कम घनत्व भएका सामानको ढुवानी गर्दा लागू हुन्छ, जस्तै: कम्बल, कार्डबोर्ड बाकसमा पोको पारिएका गिटार वा साईकलहरु ।


नेपाल एक भू-परिवेष्ठित राष्ट्र भएकाले यसको आफ्नै समुद्रिक बन्दरगाह छैन, हाम्रो हवाई ढुवानी सेवा त्यहाँ सामान ओसार्ने व्यक्तिहरु माझ अति प्रख्यात छ ।


हामी तपाईले जापानमा अनलाईन स्टोर, पसल वा कम्पनी मार्फत् खरिद गर्नुभएका सामान ढुवानी गर्न पनि सहयोग गर्न सक्छौं ।